निर्वाचनमा १० प्रतिशत मत ल्याउन नसक्दा ८५ जना उम्मेदवारको जमानत जफत

धनकुटा, असार २१ । स्थानीय तहको निर्वाचनमा १० प्रतिशत मत ल्याउन नसक्दा धनकुटाका ८५ जना उम्मेदवारको जमानत जफत भएको छ।

प्रमुख र उपप्रमुखमा ५/५, वडा अध्यक्षमा १८, महिला सदस्य १० र दलित महिला सदस्य ७ सहित ४० जना खुला सदस्य गरी राप्रपा, नयाँ शक्ति नेपाल तथा माओवादी केन्द्रसमेतको जमानत जफत भएको निर्वाचन कार्यालय धनकुटाले जनाएको छ।

जमानत जफत हुने प्रमुख÷अध्यक्ष पदका उम्मेदवारहरुमा राप्रपाका बालानन्द भुर्तेल, नयाँ शक्ति पार्टी नेपालका गणेश पोखरेल, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका इन्द्रबहादुर रसाइली, राष्ट्रिय जनमोर्चाका कैलाशमान पौडेल र नेपाल लोकतान्त्रिक फोरमका अमृतकुमारी राई रहेका छन् । त्यस्तै उपप्रमुखमा राप्रपाका ताराकुमारी तामाङ, संघीय समाजवादी फोरमका सारकुमारी आठपहरिया राई, लोकतान्त्रिक फोरमका अम्बरबहादुर मल्ल ठकुरी, राष्ट्रिय जनमुक्ति पार्टीका शान्ता राई र स्वत्रन्त्र उम्मेदवार सावित्रामाया विश्वकर्मा छन् ।

यसैगरी वडा अध्यक्षहरुमा माओवादी केन्द्र र राप्रपाका ५/५, फोरम लोकतान्त्रिकका ४, संघीय समाजवादी फोरमका २ र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च र राष्ट्रिय जनमुक्ति पार्टीका १/१ जना रहेका छन्।

धनकुटा नगरपालिका वडा नं. १ का वडाअध्यक्ष उम्मेदवार राप्रपाका शेरबहादुर शाही, संघीय लोकतान्त्रिक मञ्चका डिल्लिमान बनेम, वडा न २ का वडा अध्यक्ष उम्मेदवार मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका विकास राई, संघीय समाजवादी फोरम नेपालका खिरेन्द्र राई, नेकपा माओवादी केन्द्रका गंगाबहादुर राईको जमानत जफत भएको छ। यस्तै वडा न. ३ का वडा अध्यक्ष उमेदवार बनेका राप्रपाका यज्ञबहादुर कार्की, मधेसी जनअधिकार फोरम लोकतान्त्रिका जयबहादुर राई, वडा न।४ का नेकपा माओवादी केन्द्रका गोमा पाख्रिन, वडा न.५ का मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका प्रमिसा लिम्बू, नेकपा माओवादी केन्द्रका हरिबहादुर प्रधान, राप्रपाका राजेन्द्र श्रेष्ठ, संघीय समाजवादी फोरमाका सोमबहादुर राईको पनि जमानत जफत भएको जिल्ला निर्वाचन कार्यालय धनकुटाले जनाएको छ ।

यस्तै वडा न।६ का वडा अध्यक्ष उम्मेदवार नेकपा माओवादी केन्द्रका उत्तम खड्गी, राष्ट्रिय जनमुक्ति पार्टीका सन्तवीर लामा तामाङ, मधेसी जनधिकार फोरमका लिलाकुमारी प्रधानको जमानत जफत भएको छ भने वडा न.७ का वडा अध्यक्ष उम्मेदवार नेकपा माओवादी केन्द्रका सुरेन्द्र राई, वडा नं. ८ का राप्रपाका भोलानाथ राई र वडा नं. ९ का राप्रपाका किशोर भण्डारीको जमानत जफत भएको छ । सदस्यमा जमानत जफत हुनेहरुमा माओवादी केन्द्र र राप्रपाका १३र१३ जना, कांग्रेसका ४, फोरम लोकतान्त्रिक, संघीय लोकतानित्रक राष्ट्रिय मञ्च र संघीय समाजवादी फोरम नेपालका ३र३ जना र नयाँ शक्तिका १ जना रहेका छन् ।

दलित महिला सदस्यमा राप्रपाका ४ र माओवादी केन्द्रका ३ को जमानत जफत भएको छ। महिला सदस्यतर्फ राप्रपाका ४, माओवादी केन्द्रका ३, संघीय समाजवादी फोरम, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च र नयाँ शक्ति पार्टीका १र१ जनाको जमानत जफत भएको छ। जम्मा ७ वटा स्थानीय तहका सबै अर्थात ६० वडामा भएको निर्वाचनका लागि धनकुटा जिल्लामा ३ सय १४ पदका लागि १ हजार २६ जनाको उम्मेदवारी परेको थियो। जसमा नेकपा एमालले १७ वडाध्यक्षबाहेक अन्य सबै पदमा विजय हासिल गरेको छ।

कमेन्ट गर्नुहोस्