ठूलो परिमाणमा आगुऔषधसहित तीन पक्राउ

हेटौंडा, असार २१ । हेटौडा उपमहानगरपालिका–१५ रातमाटेबाट ठूलो परिणाममा लागुऔषधसहित प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।

चेकजाँच गर्नेक्रममा प्रहरीले बीरगंजबाट हेटौंडातर्फ जाँदै गरेको ना.६ ख ७८७१ नम्बरको बसमा यात्रारत तीन जनालाई विभिन्न लागूऔषधसहित पक्राउ गरेको छ ।

यस्तै काठमाडौं महानगरपालिका–६ बौद्ध बस्ने २१ वर्षीय बिराज गुरुङको साथबाट डाइजेपाम १ सय २५ एम्पुल, ब्युप्रिनोफिन १ सय २५ एम्पुल, फेनारागन १ सय २५ एम्पुल फेला पारेको छ भने उनीहरुसँगै रहेका बारा, निजगढ नगरपालिका–३ सिंगोलका २० वर्षीय बुद्ध जिम्बा समेतलाई प्रहरीले पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

कमेन्ट गर्नुहोस्