बाढीपहिरो पीडितलाई क्षतिपूर्ति दिनपर्छ : गृहमन्त्री

जनचाहना अनुसार काम गर्न पाइएन : भट्टराई

काठमाडौं, असार २१ । गृहमन्त्री जनार्दन शर्माले देशका विभिन्न भागमा अविरल वर्षाका कारण आएका वाढी–पहिरोले पु¥याएको क्षतिको विवरण आज संसदमा जानकारी गराएका छन् ।

संसदमा बुधबार बसेको वैठकमा गृहमन्त्री शर्माले वाढीपहिरोबाट पुगेको क्षतिको क्षतिपूर्ति दिनुपर्ने पनि बताए । उनले सिन्धुपाल्चोक, कास्की, सप्तरी, पर्वतलगायत ठाउँमा गएको बाढीपहिरोबारे जानकारी दिँदै यस्ता घटनाबाट हुनसक्ने क्षति रोक्न सरकारका सबै संयन्त्र चुस्त अवस्थामा रहेको दाबी गरेका छन ।

मन्त्री शर्माले बाढी पहिरोलगायत विपत्तिमा परेर ज्यान गुमाएकाको परिवारलाई राहत र क्षतिपूर्तिको व्यवस्था गर्ने पनि बताए । उनले स्थानीय तहको चुनाव गराउन सहयोग गर्ने सबै राजनीतिक दल तथा सुरक्षा निकायलाई धन्यवाद दिँदै दुई नम्बर प्रदेशमा हुने चुनावमा पनि सहयोग गर्न आग्रह गरे ।

गृहमन्त्री शर्माले माघ ७ गतेभित्रै प्रदेश तथा संघको चुनाव गर्न सरकार प्रतिवद्ध रहेको भन्दै त्यसका लागि आवश्यक पर्ने कानुन पनि छिट्टै संसदमा पेश गर्ने बताए ।

यस्तै, विपक्षी दलका तर्फबाट एमालेका नेता राजन भट्टराईले स्थानीय शासन ऐन छिटो पारित गर्न माग गरेका छन् । ऐन पारित भएका कारण जनप्रतिनिधिलाई काम गर्न अप्ठेरो भएको भन्दै नेता भट्टराईले जनचाहना अनुसार काम गर्न नपाएको गुनासो गरे । उनले स्थानीय शासन ऐन संसदमा दर्ता भएपनि पारित हुन नसकेको बताए ।

कमेन्ट गर्नुहोस्