एमाले रूकुममा निल, ओलीको गृहजिल्लामा दुईमा सिमित

काठमाडौं, असार २१ । दोस्रो चरणको स्थानीय तह निर्वाचन अन्तर्गत ३३४ स्थानीय तहमध्ये ३०६ स्थानको मतपरिणाम सार्वजनिक हुँदा नेकपा एमाले रुकुममा निल भएको छ भने सुनसरीमा अहिलेसम्म खाता खोल्न सकेको छैन ।

एमाले अध्यक्ष केपी ओलीको गृहजिल्लामा झापामा पनि १५ स्थानीय तहमध्ये ८ तहको मतपरिणाम आईसक्दा उ २ तहमा मात्रै सिमित भएको छ । नेकपा एमालेले अहिलेसम १३३ स्थानीय तहमा विजयी भई अग्रहस्थानमा रहेको छ ।

झापामा राष्ट्रिय प्रजातन्त्र पार्टीले ह्याट्रीक गरेको छ भने तीन तहमा कांग्रेस विजयी भएको छ।

कमेन्ट गर्नुहोस्