कहिले बन्छ शक्तिशाली माओबादी पार्टी ?

इतिहासमा पहिलोपटक राजनीतिक अन्यौलता र केहि छिटफुट घटनाका बिच स्थानीय तहको पहिलो चरण माओबादी र दोश्रो चरणको निर्वाचन काङ्ग्रेसको नेतृत्वमा सफलतापूर्वक सम्पन्न भएको छ । नयाँ संरचनाअनुसार स्थानीय निकायलाई शक्तिशाली बनाएर निर्वाचन सम्पन्न भएको हुँदा, हामी परिवर्तन पक्षधरहरुले अहिलेको स्थानीय निर्वाचनलाई पहिलो पटक भन्छौ । सायद अझभन्दा हामी माओबादीहरुले यसलाई पहिलोपटक भन्दै आईरहेका छौं ।

नेपाली जनताको सात दशक अघिदेखिको आफ्नै जनप्रतिनिधिद्वारा संविधान लेख्ने चाहाना, लामो समयको पर्खाइपछि माओबादीको नेतृत्वमा २०७२ असोज ३ गते देशमा संविधान जारी भएपश्चात् पूरा भयो । २०५२ सालबाट माओबादीले सुरु गरेको जनयुद्वको जगमा देशमा संविधानसभाको जन्म भई सोही संविधानसभाबाट संविधान जारी भएको हो । जनयुद्वपश्चात् पहिलो संविधानसभामा देशको पहिलो पार्टी बनेको माओबादी पार्टी बिभिन्न समयमा फुटकै शिकार बनिरह्यो र आफू इतिहासकै कमजोर अवस्थामा आईपुग्दा पनि देश र जनताको विजय हुनुपर्छ भन्दै स्थानीय तहको निर्वाचन अभियानमा लागिरह्यो । त्यस बिचमा माओबादीप्रति अनेकौ षड्यन्त्र भयो निर्वाचन भाड्न अनेकौ प्रयत्न गरिए तर सबै प्रयास असफल भए र देशमा दुई चरणको निर्वाचन सफल भयो ।

केदारनाथ नेपाल ‘निश्चल’

अहिलेसम्म आइपुग्दा प्रदेश नं २ बाहेक अन्य प्रदेशको निर्वाचन सम्पन्न भईसकेको छ । यी सम्पूर्ण परिवर्तनको जस प्रचण्डलाई जान्छ । जसरी पहिलो संविधानसभाको निर्वाचनमा गिरिजाप्रसाद कोइरालाले काङ्ग्रेसलाई हराएर देशलाई जिताएका थिए त्यस्तै अहिले प्रचण्डले पनि माओबादीलाई हराएर भएपनि देशलाई जिताए ।

अवसरबादीहरुलाई जित्ने प्रशस्त ठाउँ राखिदिएर आफ्ना एजेण्डा संस्थागत गर्न प्रचण्डलाई ठूलै नैतिक जिम्मेवारी थियो । दश वर्षे जनयुद्ध, जनयुद्धका शहिद र दोश्रो जनआन्दोलनबाट प्राप्त उपलब्धी बयलगाडेहरुलाई जस्तो छाड्ने छुट प्रचण्डलाई थिएन र पार्टीलाई हराएर भएपनि देशलाई जिताए ।

देशले माओबादीबाट पाउनुपर्ने सबै उपलब्धी प्राप्त गरिसकेको छ । तर प्रचण्डको नेतृत्वमा देशले जन संविधान, गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, समानुपातिक समावेशीता जस्ता परिवर्तन प्राप्त गरिसक्दा पनि जनताले प्रचण्ड र माओबादीको भूमिकाको मूल्यांकन गर्न किन सकेनन् ? यो अब हामी माओबादीहरुको बहसको बिषय बन्नुपर्छ । किन आज अंकगणितीय रुपमा माओबादी पार्टीलाई कमजोर भयो ?

युद्धरत अवस्थादेखि नै चलेको दुई लाइन सङ्घर्षलाई बेलैमा स्थायी रुपमा समाधान गर्न नसक्दा शान्ति प्रकृयामा आइपुगेको केही समयमा माओवादी पार्टी विभाजनको शिकार हुन पुग्यो ।

हुनतः माओबादी पार्टी कमजोर हुनुमा बाह्य कारण भन्दापनि आन्तरिक कारणहरु बढी छन् । युद्धरत अवस्थादेखि नै चलेको दुई लाइन सङ्घर्षलाई बेलैमा स्थायी रुपमा समाधान गर्न नसक्दा शान्ति प्रकृयामा आइपुगेको केही समयमा माओवादी पार्टी विभाजनको शिकार हुन पुग्यो ।

पदका लागि नेतृत्वको चाकरी गर्ने प्रवृत्ति मौलाउँदै जानु, बहुमतमा रहेकाहरुले अल्पमतमा रहेकाको विचारलाई कम महत्व दिनु, अधिकांश नेता पुँजीवादमा फस्नु तथा नेतृत्वले कार्यकर्ताको संरक्षण गर्न नसक्नुले पनि शान्ति प्रक्रियामा आएको छोटो समयमै माओवादी पार्टीको अस्थित्व सङ्कटको मुखमा पुगेको सत्य हो ।

माओबादी फुटको कारण अहिले खासगरी परिवर्तन विरोधहरुको मनोबल बढेको छ । माओवादी भनेको नै प्रचण्ड हो र प्रचण्ड भनेको नै माओवादी हो भन्नेहरुलाई माओवादीबिरुद्ध नकारात्मक भ्रम फैलाउन र उनीहरुको बलमा भएका परिवर्तन संस्थागत हुन नदिन स्वयम् उनीहरुको विभाजनले मलजल पुगेको प्रष्ट देख्न सकिन्छ । तर, ति सबै हर्कतका अघि पनि प्रचण्डले आफ्नो देशप्रतिको कर्तब्यलाई भुलेनन् र जनयुद्ध र जनआन्दोलनबाट प्राप्त उपलब्धिलाई संस्थागत गराएरै छाडे ।

राजनीतिलाई पेसा बनाएर देशलाई लुट्न पल्केकाहरुले परिवर्तन पक्षधर प्रचण्डविरुद्ध अनेकौँ जालझेल रचे । सङ्घीयता, धर्मनिरपेक्षता, समावेशीता, समानुपातिक जस्ता प्रगतिशील एजेन्डा असफल बनाउन माओवादीप्रति अनेकौँ प्रयास भयो । तर, प्रचण्डपथको अघि तिनको केही लागेन । देशलाई जिताउने अभियानमा लागिरहँदा प्रचण्डका केही कमी कमजोरी भए होलान्, केही विषयमा काङ्ग्रेस एमालेसँग हारे होलान् । त्यसैको परिणामस्वरुप देशले जितेको छ । प्रचण्डले आफूले नेतृत्वदायी भूमिका निर्वाह गरेर संविधान जारी गराएपछि आफैले सरकारको नेतृत्व गरेर संविधान कार्यान्वयनको बाटो खोले । सरकार गठनको बेला भएको सहमति अनुसार लामो समयदेखि नेपाली राजनीतिमा रहेको इमान्दारीताको खडेरी मेट्दै हाँसी हाँसी राजनीतिक इमान्दारीता देखाउँदै प्रधानमन्त्रीको कुर्सी देउवालाई छाडिदिए र दोस्रो चरणको निर्वाचन शेरबहादुर देउवाले सम्पन्न गराईसकेका छन् ।

माओवादी भनेको नै प्रचण्ड हो र प्रचण्ड भनेको नै माओवादी हो भन्नेहरुलाई माओवादीबिरुद्ध नकारात्मक भ्रम फैलाउन र उनीहरुको बलमा भएका परिवर्तन संस्थागत हुन नदिन स्वयम् उनीहरुको विभाजनले मलजल पुगेको प्रष्ट देख्न सकिन्छ । तर, ति सबै हर्कतका अघि पनि प्रचण्डले आफ्नो देशप्रतिको कर्तब्यलाई भुलेनन् र जनयुद्ध र जनआन्दोलनबाट प्राप्त उपलब्धिलाई संस्थागत गराएरै छाडे ।

स्थानीय निर्वाचनमा अंकगणितीय रुपमा माओबादीको स्थान र माओबादीबाट बिभाजित भएका अन्य दलहरुले बेहोर्नुपरेको हारको कारण स्वयम् उनीहरुका कार्यकर्ताहरु पनि निराश बन्न पुगेका छन् । एकले अर्काको नेतृत्व स्वीकार्न नसक्नुको कारण माओबादी फुटको शिकार बन्न पुगेको सत्य स्वयम् माओबादी नेता कार्यकर्ताबाट छिपेको छैन । माओवादी विभाजित हुनुमा नेतृत्वकर्ताको हिसावले प्रचण्ड मात्र होइनन् स्वयम् बाबुराम र वैद्य समेत दोषी छन् ।

क्रान्तिको नाममा साउनमा आँखा फुटेको गोरुले सधै हरियो देखेजस्तै, जुनै बेला पनि युद्ध गर्न सकिन्छ भन्ने, सोचराखी पार्टी विभाजित गरि अलग हुने र मुलुकको समस्या समाधानको लागि युद्ध नै विकल्प देख्ने, जडसुत्रवादी चिन्तन राख्नु वैद्यको पनि कमजोरी थियो । भने, आर्थिक क्रान्तिको लागि नयाँ पार्टी नै गठन गर्नुपर्छ भन्ने सोच राख्नु बाबुरामको पनि महाभुल थियो ।

अहिले युद्ध गरेर ल्याईएको उपलब्धि लगभग संस्थागत भैसकेको अवस्था छ । तर अंकगणितिय रुपमा निर्वाचनमा भाग लिएका माओबादी, र नयाँ शक्ति कमजोर अबस्थामा छन् । त्यसैले अब शक्तिशाली माओबादी पार्टी गठन गरेर जनयुद्व मा जनतालाई देखाएको सपना पुरा नगरी प्रचण्ड, बाबुराम, विप्लव र वैद्यले उन्मुक्ति पाउदैनन् ।

क्रान्तिको नाममा साउनमा आँखा फुटेको गोरुले सधै हरियो देखेजस्तै, जुनै बेला पनि युद्ध गर्न सकिन्छ भन्ने, सोचराखी पार्टी विभाजित गरि अलग हुने र मुलुकको समस्या समाधानको लागि युद्ध नै विकल्प देख्ने, जडसुत्रवादी चिन्तन राख्नु वैद्यको पनि कमजोरी थियो । भने, आर्थिक क्रान्तिको लागि नयाँ पार्टी नै गठन गर्नुपर्छ भन्ने सोच राख्नु बाबुरामको पनि महाभुल थियो ।

जनयुद्धमा बगेको शहिदको रगतको उच्च सम्मान गर्दै तत्कालिन समयमा आम नेपालीलाई देखाएको सपनाहरु पूरा गर्न सबै पुर्व माओबादी नेताहरु मिल्नुको विकल्प छैन । अहिले माओवादी इतिहासकै कमजोर अवस्थामा आइपुगेको छ । नेतृत्वले देश र जनता भन्दाभन्दै स्वयम् माओबादी पार्टी भने बिगठनको संघारमा पुगेको छ । पहिलो संविधान सभामा माओवादीलाई जनताले मत दिएर संसदको सबैभन्दा ठूलो शक्ति बनाएकै हुन् । तर, माओवादीले उक्त जनमतलाई थाम्न सकेन त्यसैले थिच्यो उसलाई ।

राजनीतिक परिपक्वताको कमीले गर्दा माओवादीले पहिलो संविधान सभामा असफलता बेहोर्नुपर्यो । त्यसबाट पाठ सिकेर दोस्रो संविधान सभा रहँदै गर्दा देशलाई दुरगामी फाइदा पुग्ने काम गरिरहेको छ । अझ भन्दा प्रचण्डको एउटा बोल्ड डिसिजनले देशलाई उज्यालोतर्फ डोहोर्याइरहेको छ ।

माओवादीको एजेन्डामा देश र जनताले जितेका छन् । प्रत्येक जात, जाति, भाषा, धर्म, सिमान्तकृत समुदायका मानिसले हरेक क्षेत्रमा आफ्नो अधिकार पाएका छन् । देश आर्थिक क्रान्तिको बाटोमा अघि बढ्दै छ । यहाँ आइपुग्दा माओवादीको एजेन्डामा देशले जितिसकेको छ । अब प्रचण्डले आफ्नो पार्टीलाई एकताबद्ध बनाएर जनविश्वासलाई मजबुत बनाउँदै एक नम्बर पार्टीका रुपमा माओवादीलाई स्थापित गर्न बाबुराम, बैध र विप्लबलाई पनि विश्वासमा लिएर अघिबढ्न सक्नुपर्छ ।

कमेन्ट गर्नुहोस्