बाढी पहिरोबाट पश्चिमाञ्चलको जनजीवन कष्टकर

प्रेम सुनार
गुल्मी,असार २१ । दुई दिनदेखि लगातार भएको वर्षाका कारण गुल्मी, वाग्लुङ्ग, अर्घाखाँची, प्युठान र रुकुम जिल्लाको जनजीवन नराम्ररी प्रभावित भएका छ ।

वर्षाका कारण वाग्लुङ्गको सदरमुकामदेखि पश्चिम वुतिवाङ्ग र रुकुमको लुकुमसम्मको यातायात सेवा दुई दिनदेखि ठप्प भएको छ । मध्ये पाहडी लोकमार्गको विभिन्न स्थानमा पहिरो जाँदा यातायात ठप्प भएको हो । यातायात अबरुद्ध भएपछि सयौं यात्रु अलपत्र परेका छन् ।

देविस्थान खोलामा बाढी आएपछि वुर्तिबाङ्गदेखि निसीसम्मको यातायात सेवा पनि ठप्प भएको छ । स्वदेश तथा विदेशबाट चुनावमा भोट हाल्न घर आएकामध्ये भारतमा जागिरे भएकाहरु तोकिएको समयमा पुग्न समस्या भएको छ ।

दैनिक उपभोग्य सामग्री किनमेलमा समेत स्थानीयबासीलाई समस्या परेको छ । निसीखोला गाउँपालिका–६ टोड्के गाउँमा पहिरोले श्यामबहादु बिश्वकर्माको सहित आधा दर्जन घरहरु जोखिममा परेका छन् ।

वुर्तिबाङ्गमा असार १८ गतेदेखि लगातार बर्षा भई भुजिखोला आएको बाढीले वोवाङ्ग र अधिकारीचौरको सयौं रोपनी खेती योग्य जमिन बगाई सकेको छ ।

त्यसैगरी, गुल्मी जिल्लाको पश्चिमी क्षेत्र सेउवा, सिमाहघाट, पुर्कोटमा पनि यातायातमा समस्या भएको छ । रातडाँडा, मुसिकट, इन्दगौडा वामी र जोहाङ्ग तर्फको सडाकमा पहिरो गएर यातायात ठप्प भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका डिएसपी महेन्द्र नेपालले जानकारी दिए ।

कमेन्ट गर्नुहोस्