बेलौरीको मतगणना अन्तिम चरणमा, उच्च सुरक्षा सतर्कता

बेलौरी, असार २१ । ७ नम्बर प्रदेशको कञ्चनपुरको बहुचर्चित बेलौरी नगरपालिकाको मतगणना अन्तिम चरणमा पुग्दा सुरक्षा सतर्कता उच्च बनाइएको छ ।

वडा नम्बर ९ को मतगणना गर्दासम्म माओदी केन्द्र र एमालेबीच कडा प्रतिस्पर्धा भएको छ । माओवादी केन्द्र ४६ मतले मात्र अगाडि रहेपछि भरतपुरको वडा नम्बर १९ मा जस्तै मतपत्र च्यात्ने लगायत घटना दोहोरिन सक्ने सम्भावना बढेपछि अहिले यहाँको सुरक्षा व्यवस्था कडा पारिएको छ ।

याे पनि पढ्नुस  निर्मलाको नाममा युट्युब च्यानलको व्यापार, परिवारलाई थप पीडा

प्रहरीको उच्च स्रोतबाट प्राप्त जानकारी अनुसार सम्भावित दुर्घटनालाई ध्यानदिदैं सुरक्षाको व्यवस्था मिलाउन नेपाल प्रहरीका एसपी आफैं मतगणना स्थलमा पुगेर निर्देशन दिएका थिए ।

वडा नम्बर १० को ६०० मत गणना गर्दासम्मको मतपरिणाम अनुसार माओवादी केन्द्रका उम्मेदवार करिब एकसय मतले अगाडि छन । माओवादीका मेयरका उम्मेदवारले ५७०७ मत ल्याएर  अगाडि छन भने उनलाई एमालेका उम्मेदवारले ५६१२ मत ल्याएर पछ्याईरहेका छन् ।

याे पनि पढ्नुस  मालपोतका नासु कार्यालयमै मदिरामा लठ्ठ भएपछि...

सबै वडामा माओवादीको अग्रता रहेको छ ।

कमेन्ट गर्नुहोस्