सहमतिसंगै अनिश्चितकालीन रोल्पा बन्द फिर्ता

रोल्पा, असार २१ । मतदानका क्रममा मतपेटिकामा एसिड खसालेको आरोपमा पक्राउ परेका विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का कार्यकर्ता रिहाई गर्ने सहमति भएपछि बुधबार साँझबाट अनिश्चितकालीन रोल्पा बन्द फिर्ता भएको छ ।

रोल्पा नगरपालिका–१० मा रहेको जनता प्रावि भनभने मतदान केन्द्रको एउटा मतपेटिकामा एसिड हालेको आरोपमा गएको सोमबार प्रहरीले नेकपाका कार्यकर्ता वीरबहादुर वलीलाई पक्राउ गरेको थियो ।

वलीको रिहाईको माग गर्दै नेकपाले मंगलवारदेखि रोल्पा बन्द गरेको थियो । बुधबार जिल्ला प्रशासन कार्यालय रोल्पामा प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख तथा सर्वदलीय बैठक बसी भोली वलीलाई छोड्ने सहमति भएको छ ।

कमेन्ट गर्नुहोस्