पृथ्वीबाट प्राणीको अस्तित्व लोप हुनसक्छ : वैज्ञानिक हकिङ

एजेन्सी, असार २१ । प्रसिद्ध वैज्ञानिक स्टिफन हकिङले पेरिस जलवायु सम्झौताबाट पछि हट्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्णयले पृथ्वीमा प्राणीको अस्तित्वलाई ध्वस्त बनाउन सकने चेतावनी दिएका छन् ।

राष्ट्रपति ट्रम्पको निर्णय कार्यान्वयन भएमा पृथ्वी शुक्र ग्रह जत्तिकै तातो हुने बताउदैै हकिङले जलवायु परिवर्तनको क्षेत्रमा त्यसले ठूलोे क्षति पुग्ने बताए ।

पृथ्वीमाथि जलवायु परिवर्तनको नोक्सानको तह पूरा गर्नै नसक्ने विन्दुमा पुगेको भन्दै अहिलेकै रफ्तारमा अघिबढे पृथ्वीको तापक्रम २५० डिग्री पुगी सल्फ्युरिक एसिड वर्षा हुन थाल्ने चेतावनी उनले दिएका छन ।

कमेन्ट गर्नुहोस्