विराटनगर–१९ मा पाँचै जना स्वतन्त्र उम्मेदवार विजयी

विराटनगर, असार २१ । विराटनगर महानगरपालिकाको वडा नं. १९ मा पाँचै जना स्वतन्त्र उम्मेदवार विजयी भएका छन्। पार्टीले टिकट नदिएपछि उनीहरु स्वतन्त्र रुपमा उम्मेदवार
बनेका थिए ।

नेपाली कांग्रेसका क्षेत्रीय प्रतिनिधि बद्रीनारायण सरदारलाई पार्टीले टिकट नदिएपछि उनी विराटनगर महानगरपालिकाको वडा नम्बर १९ को वडाध्यक्षमा स्वतन्त्र उम्मेदवार बनेका थिए । उनीे ६४२ मत ल्याएर विजयी भएका हुन ।

त्यस्तै अन्य सदस्यहरूमा पनि कांग्रेसले टिकट नदिएपछि स्वतन्त्र रूपमा उठेका चार जना सदस्य नै विजयी भएका छन्। खुला सदस्यमा सम्झना भुजेलले ६७४, दलित महिला सदस्यमा विनादेवी सरदारले ५९५, सदस्यमा नागेश्वर राजवंशीले ५८२ र जितेन्द्र खवासले ६६२ मत ल्याएर विजयी भएको निर्वाचन आयोगले जनाएको छ।

कमेन्ट गर्नुहोस्