एकै परिवारका तीन उम्मेदवार पराजित

गुल्मी, असार २१ । गल्मीको इस्मा गाउँपालिका वडा नम्बर–३ मा एकै परिवारका तीन जना उम्मेदवार पराजित भएका छन् ।

उनीहरु नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसबाट उम्मेदवार बनको थिए । तर सो वडामा नेकपा एमालेको प्यानललै विजयी भएको छ ।

माओवादी केन्द्रले प्रेमबहादुर नेपालीलाई र विना नेपालीलाई खुल्ला सदस्यमा उम्मेदवार बनाएको थियो । उनीहरु नातामा जेठाजु बुहारी पर्छ्न ।
त्यस्तै कांग्रेसले तुल्सी नेपालीलाई दलित महिला सदस्यमा उमेदवार बनाएको थियो । उनी पनि प्रेमबहादुरकी भाई बुहारी हुन ।

कमेन्ट गर्नुहोस्