नगर प्रमुखलाई काम नगर्न अदालतको अन्तरिम आदेश

बैतडी, असार २१ । दशरथ चन्द नगरपालिका बैतडीका प्रमुख नरेन्द्रसिंह थापालाई प्रमुखका रुपमा काम–कारबाही नगर्न उच्च अदालतले अन्तरिम आदेश दिएको छ।

उच्च अदालत दिपायलको महेन्द्रनगर इजलासका मुख्य न्यायाधीश यज्ञप्रसाद बस्यालको एकल इजलासले यस्तो आदेश दिएको हो ।

राप्रपाका मेयरका उम्मेदवार पुष्करराज जोशी ‘लख्खाभाइ’ले मतगणना परिणाम बदर गरी दोहो¥याई मतगणना गराई पाउँ भनी दिएको निवेदनमाथि सुनुवाई गर्दै अदालतले अन्तरीम आदेश दिएको हो ।

कांग्रेसका उम्मेदवार थापा ६२ मतअन्तर जोशीलाई पछिपादै विजयी भएका थिए । मतगणनामा धाँधली भएको आरोप लगाउदैराप्रपा बैतडीले चुनावी परिणाम स्वीकार नगर्ने घोषणा गरेको छ।

कमेन्ट गर्नुहोस्