श्रीमतीले चुनाव हारेपछि जजमान बहिष्कार !

काठमाडौं, असार २२ । श्रीमतीले चुनाव हारेको झोंकमा धनकुटाका एक पुरोहितले आफ्ना १९ घर जजमान बहिष्कार गरेका छन् । पुरोहित हरिप्रसाद दाहालकी पत्नी रीता कांग्रेसको तर्फबाट छथर जोरपाटी गाउँपालिका–५ मा महिला सदस्य उम्मेद्वार थिइन् ।

कम्तीमा ६ सय मत आउने अनुमान गरेका दाहाल पत्नीको १३७ मत मात्रै आएपछि आक्रोशित बनेका हुन् । ‘मेरी पत्नीको पराजयमा आफ्नै जजमानको मुख्य हात रह्यो,’ दाहालले भने, ‘१६ परिवार जजमानले मत दिएको भए जित निश्चित हुन्थ्यो ।’

दाहालले जजमानको घरमा मृत्युपछिको ‘मासिक’ समेत नगरिदिएपछि गाउँमा खैलाबैला मच्चिएको छ ।

‘म अबदेखि मूलबाटोमुनिका सबै घरमा पुरेत भएर कहिल्यै जान्नँ,’ पत्नीले चुनाव हारेकाले आक्रोशित दाहालले भने, ‘मदा–पर्दा चाहिने पुरेत र जजमानको साइनो भुलेर भोट नहाल्नेलाई म पनि तिरष्कार गर्छु ।’ कान्तिपुरमा खबर छ ।

कमेन्ट गर्नुहोस्