कञ्चनपुर बेलौरीको मेयरमा माओवादी, उपमेयरमा एमाले विजयी

कञ्चनपुर, असार २२ । कञ्चनपुरको बेलौरी नगरपालिकाको मेयरमा नेकपा माओवादी केन्द्र र उपमेयरमा नेकपा एमाले विजयी भएको छ । मेयरमा माओवादीका पोतिलाल चौधरिले ६७६४ मत ल्याएर विजयी भए । उनका प्रतिद्वन्द्वी नेकपा एमालेका पल्लवराज भट्टले ६४०७ मत ल्याए  ।

यस्तै उपमेयरमा नेकपा एमालेका चित्रा कुमारी चौधरीले ६७४८ मत ल्याएर विजयी भए । उनका प्रतिद्वन्द्वी नेकपा माओवादीका राधादेवी खरेलले ६१२१ मत ल्याए ।

७ नगरपालिका र २ गाउँपालिका गरी ९ वटा स्थानीय तह रहेको कञ्चनपुरमा अहिलेसम्म भिमदत्त नगरपालिका र पुनर्बास नगरपालिका बाहेक अरु ७ वटा स्थानीय तहको मत परिणाम घोषणा भइसकेको छ ।

कमेन्ट गर्नुहोस्