दर्ता भएन राजपा, नेता त्रिपाठी किन असन्तुष्ट ?

काठमाडौं, असार २२ । पार्टी विधानमा गजेन्द्रनारायण सिंहको नाम राख्ने–नराख्ने आन्तरिक विवादले राष्ट्रिय जनता पार्टी बुधबार निर्वाचन आयोगमा दर्ता हुन सकेन ।

मंगलबार राति सहमति जुटेपछि अध्यक्षमण्डलका सबैले हस्ताक्षर गरेको विधानमा बुधबार बिहान पुनः विवाद निस्किएको नयाँ पत्रिकामा खबर छ । विवादकै कारण पार्टी दर्ता हुन सकेन ।

राजपा नेता त्रिपाठी असन्तुष्ट

राजपा नेता हृदयेश त्रिपाठी पार्टीका पछिल्ला गतिविधिबाट सन्तुष्ट छैनन् । पार्टी दर्तामा ढिलाइ गर्र्नु र नारायणी नदीपश्चिमको निर्वाचनमा भाग लिएका नेताहरूलाई पार्टीले वातावरण नबनाएको उनको गुनासो छ । उनी पछिल्ला दिनमा पार्टीको बैठकमा पनि सहभागी भएका छैनन् । ‘पार्टी दर्ता र निर्वाचनको विषयमा मेरा केही गुनासा छन्,’ नेता त्रिपाठीले भने ।

राजपाका २४ सांसद संसद्मा राजपाका
२४ सांसद छन् । कांग्रेस, एमाले, माओवादी र राप्रपापछिको पाँचौँ ठूलो दलका रूपमा चिह्न दिने निर्वाचन आयोगको तयारी छ । तत्कालीन तमलोपाका ११, सद्भावनाका ५ (एक निलम्बित), तमसपाका ३, रामसपाका ३ सांसद छन् । त्यस्तै, संघीय सद्भावना पार्टी र फोरम गणतान्त्रिकका एक–एक सांसद् छन् । उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम १५ सांसदसहित छैटौँ स्थानमा छ ।

कमेन्ट गर्नुहोस्