मेस्सी, बार्सिलोनासँग नयाँ सम्झौताका लागि तयार

असार २२ । लियोनल मेस्सी सन् २०२१ सम्म बार्सिलोनामै रहने भएका छन् ।

स्टार स्ट्राइकर मेस्सी बार्सिलोनासँग नयाँ सम्झौताका लागि तयार भएका हुन् । १३ वर्षमा बार्सिलोना आएका मेस्सी अहिले ३० वर्षका भए । उनले क्लबसँगको नयाँ सम्झौतामा प्रि–सिजन प्रशिक्षणमा फर्किएपछि हस्ताक्षर गर्ने छन् ।

मेस्सीले सम्झौताका लागि सहमति जनाएकोमा क्लब निकै खुशी रहेको बार्सिलोनाले जनाएको छ ।

अर्जेन्टिनाका मेस्सीले बार्सिलोनाबाट अहिलेसम्म ५ सय ८३ खेलमा कीर्तिमानी पाँच सय ७ गोल गरेका छन् । मेस्सी अहिले हनिमुनमा छन् । उनले यहि हप्ता बाल्कालदेखिकी साथी तथा प्रेमिका एन्टोनेला रोकुज्जोसँग विवाह गरेका हुन् ।

 

कमेन्ट गर्नुहोस्