बिजुली किन्नेमा भारतकाे शर्त: भारतीय लगानी नै हुनुपर्छ

काठमाडौं, असार २२ । भारतले आफ्नो लगानीमा उत्पादिन बिजुली मात्रै किन्ने कानुन बनाउन लागेको छ  । जलस्रोतमा धनी देश नेपालले विद्युत्त बेचेर संबृद्ध हुने सपना देखेको धेरै भयो र नेपाली विद्युत्तको मूल बजार पनि भारत हो । तर, भारतले यस्ताे कानुन बनाउन लागेको नयाँ पत्रिकामा खबर छ ।

कानुन पारित भएमा नेपालमा विद्युत्त उत्पादन गरेर भारत निर्यात गर्ने उद्देश्यले आउने भारतबाहेकका कम्पनीका लागि बाटो बन्द हुनेछ ।

भारतले यसअघि नै जारी गरेको ‘क्रस बोर्डर विद्युत्त व्यापार निर्देशिका’ले जलविद्युत्तमा भारतबाहेकका लगानी सम्भावना समाप्त पारेको थियो । त्यसैले यस्तो नीति सच्याउन नेपालले गरेको आग्रहविपरीत भारतले कानुन नै ल्याउन लागेको हो ।

कमेन्ट गर्नुहोस्