चीनको लगानी तथा व्यापारी मेलाको उद्घाटनमा नेपालका उपराष्ट्रपति पुन

लान्चो, असार २२ । चीन भ्रमणमा रहेका सम्माननीय उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ ले बिहिबार कान्सु प्रान्तको राजधानी लान्चोमा २३ औं चीन लान्चो लगानी तथा व्यापार मेलाको उद्घाटन समारोह तथा ‘हाई प्रोफाइल फोरम फर कोअपरेशन एण्ड डेभलपमेन्ट एलोङ द सिल्क रोड इन लान्चो’ कार्यक्रमलाई विशेष सम्बोधन गरे ।

सम्बोधन अघि सम्माननीय उपराष्ट्रपतिले २३ औं चीन लान्चो लगानी तथा व्यापार मेलामा नेपाल पेभिलियनको उद्घाटन गरेका छन् । नेपाल पेभिलियनको सम्माननीय उपराष्ट्रपति र कान्सु प्रान्तका गभर्नर थाङ रनच्यानले संयुक्त रुपमा उद्घाटन् गरे ।

आजै सम्माननीय उपराष्ट्रपतिले कान्सु म्युजियमको भ्रमण गर्ने भएको छ । चीन भ्रमणको क्रममा शुक्रबार उनले ‘नेपाल–चीन (कान्सु) आर्थिक तथा व्यापार सहयोग आदानप्रदान सम्बन्धी सम्मेलन’ लाई सम्बोधन गर्ने भएको छ ।

कमेन्ट गर्नुहोस्