का‌ग्रेस नेता सिटौलाको गृहनगरमा एमालेले मार्यो बाजी

काठमाडौं, असार २२ । कांग्रेसका नेता कृष्ण सिटौलाको नगर भद्रपुरको मेयर र उपमेयरमा एमाले विजयी बनेको छ ।

एमालेका मेयर उम्मेद्वार जीवन कुमार श्रेष्ठले ११०४२ मत पाएर विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका गणेश पोखरेलले ७२१५ मत पाए ।

यसैगरी उपमेयरमा एमालेकी चन्द्रमाया श्रेष्ठले १०६५० मत लिएक विजयी भइन् । निकटतम कांग्रेसकी तारा भुर्तेलले ६४९८ मत पाइन् ।

कमेन्ट गर्नुहोस्