सर्वोच्चको मुख्य रजिष्टारमा नकुल सुवेदी

काठमाडौं, असार २२ । सरकारले सर्वोच्च अदालतको मुख्य रजिष्टारमा न्यायपरिषदका सचिव नकुल सुवेदीलाई वढुवा गरेको छ ।

मन्त्रिपरिषदको बिहीबार बसेको बैठकले न्यायपरिषदको सिफारिस अनुसार सुवेदीलाई सर्वोच्चको मुख्य रजिष्ट्रारमा बढुवा गर्ने निर्णय गरेको हो ।

बैठकले नेपाल अष्ट्रेलिया सरकारबीच द्धीपक्षिय परामर्श संयन्त्र स्थापना गर्ने समझदारी पत्रमा हस्ताक्षर गर्ने अख्तियारी परराष्ट्र सचिवलाई प्रदान गरेको छ ।

यस्तै मन्त्रिपरिषद्को वैठकले नेपाल र चीन सरकारवीच फिल्ड अफ रजिष्ट्रेसन एण्ड मार्केट इन्टिग्रिटिज विषयक समझदारीपत्रमा उद्योग सचिवलाई हस्ताक्षर गर्ने अख्तियारी दिएको छ ।

कमेन्ट गर्नुहोस्