साझा यातायातमा ज्येष्ठ नागरिक र अपाङ्गलाई भाडा नलाग्ने

काठमाडौं, असार २१ । साझा यातायाले ज्येष्ठ नागरिक र अपाङ्गलाई लाई निशुल्क सेवा दिने भएको छ । जेष्ठ नागरिक तथा क र ख बर्गका अपाङ्लेलाई साझाका जुनसुकै बस चढ्दा पनि भाडा तिर्नुपर्ने छैन ।

महानगरपालिका र साझा यातायातबीच भएको पुरक सम्झौतामा ७० वर्ष पुगेका जेष्ठ नागरिकलाई परिचयपत्रका आधारमा निःशुल्क सेवा दिने उल्लेख छ ।

साझा यातायातले ल्याउने १२ वटा डिलक्स बस र एउटा सेमी लो फ्लोरबसका लागि महानगरपालिकाले साझा यातायातलाई ५ करोड रुपैयाँको चेक हस्तान्तरण गरिसकेको छ ।

उपत्यकासहित उपत्यकाबाहिर पनि साझाले ज्येष्ठ नागरिक र अपाङ्गलाई निशुल्क सेवा दिनेछ ।

हाल साझाका १० वटा गाडीमा मात्रै स्मार्ट कार्ड प्रयोग गरिएको भएपनि अब साझाका सबै गाडीमा स्मार्ट कार्डबाटै भाडा तिर्न सकिने व्यवस्था मिलाउन लागेको साझा यातायातले जनाएको छ ।

कमेन्ट गर्नुहोस्