रंगेलीमा प्रमुखमा माओवादीको विजयी, उपमेयरका लागि विवाद

मोरङ, असार २२ । मोरङको रंगेली नगरपालिका प्रमुखमा नेकपा माओवादी केन्द्रका दीलिप अग्रवाल (बगडिया) विजयी बनेका छन् । १८ सय ८२ मतअन्तरले उनी विजयी भएका हुन् ।

अग्रवालले जम्मा ८ हजार ६८ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका मोदराज घिमिरेले ६ हजार १ सय ८६ मत प्राप्त गरेको छन् ।

उपमेयर पनि माओवादी केन्द्रकै केशवकुमारी खराल १२ मतान्तरले विजयी भएपनि काँग्रेसले भने आफूले ३ मतले जितेको दावी गरेपछि वडा नंं. ६ मा को पुनःमतगणनाको माग गरेको छ ।

खरालको ५ हजार ७ सय २० मत प्राप्त गरेकी छन भने कांग्रेसकी राधादेवी मण्डलले ५ हजार ७ सय ८ मत प्राप्त गरेकी छन् ।

सञ्चारकर्मीहरुलाई अनौपचारिक जानकारी दिएपनि आयोगले अहिलेसम्म औपचारिक रुपमा प्रमुख र उपप्रमुखको घोषणा गरेको छैन ।

माओवादी केन्द्र र कांग्रेसका जिल्लास्तरीय नेताहरु अहिले विवाद समाधान गर्न छलफलका लागि मतगणना स्थलमा पुगेका छन् ।

माओवादी केन्द्र पनि सबै दल सहमत भए र समस्या समाधान हुने भए वडा नम्बर ६ को पुनःमतगणना गर्न लचिलो देखिएको छ ।

कमेन्ट गर्नुहोस्