कांग्रेसका कारण मन्त्रीमण्डल विस्तार हुन सकेन : भुषाल

भक्तपुर । नेपाली कांग्रेसको आन्तरिक विवादका कारण मन्त्रीपरिषद् विस्तारमा ढिलाई भएको नेकपा माओवादी केन्द्रका प्रवक्ता पम्फा भुषालले बताएकी छिन् ।

रफत सञ्चार क्लबले आयोजना गरेको साक्षात्कारमा बोल्दै प्रवक्ता भुषालले माओवादी केन्द्र मन्त्रीमण्डल विस्तार गर्न तयार भएपनि नेपाली कांग्रेस अझै पनि आन्तिक विवादमै
आल्झिरहेको आरोप लगाइन् । कांग्रेस अझै पनि आन्तरिक विवादमै अल्झिरहेका कारण प्रधानमन्त्री शेरबहादुर देउवा नै तत्काल मन्त्रीमण्डल विस्तार गर्ने पक्षमा नरहेको उनले बताइन ।

दोस्रो चरणको स्थानीय तह निर्वाचन शान्तिपूर्ण भएको भन्दै प्रवक्ता भुषालले तेस्रो चरणको निर्वाचन यहि सरकारले तोकिएकै समयमा गर्ने बताइन् । राजपाले निर्वाचन आयोगमा दल दर्ताका लागि प्रक्रिया अघि बढाएकाले बाँकी निर्वाचनमा राजपाको सहभागीता रहने बताइन् ।

कमेन्ट गर्नुहोस्