जन्मकैदको सजाय पाएका व्यक्ति गाउँपालिका अध्यक्षमा निर्वाचित

बाँके, असार २२ । अदालतले जन्मकैदको सजाय पाएका एक व्यक्ति बाँकेमा अध्यक्षको उम्मेदवार जितेका छन् । बेतहनीका नरेन्द्रकुमार चौधरी कुर्मी (पप्पु) जिल्लाको डुडुवा गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएका हुन् ।

अदालतले जन्मकैदको सुनाएर कारागारमा सजाय भोगिरहेका पप्पुलाई तत्कालीन नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री सुशील कोइराला नेतृत्वको सरकारले कैद माफी दिएको थियो । जेलबाट छुट्ने बेला उनले कांग्रेसका नेता, कार्यकर्ता र साविक बेतहनी गाविसका नागरिकको भव्य स्वागत पाएका थिए ।

२०७१ सालको प्रजातन्त्र दिवसका अवसरमा थुनामुक्त भएका चौधरी दुईवटा डाँका मुद्दा, दुईवटा कर्तव्य ज्यान मुद्दा र ज्यान मार्ने उद्योग मुद्दा गरी पाँच मुद्दामा जिल्ला अदालत बाँकेले जन्मकैदको सजाय सुनाएको थियो ।

कमेन्ट गर्नुहोस्