‘संविधान संशोधनमार्फत देशलाई टुक्रयाउन लागिएको छ’

काठमाडौं, असार २२ । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले राष्ट्रिय जनता पार्टीका नेताहरु भारतीय राजदुतको शरण परेर देशको राष्ट्रिय स्वाभिमान र स्वाधिनतामा गम्भीर चोट पुर्याएकोे बताएका छन ।

बिहिबार राजधानीमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै नेता रावलले यस्तो आरोप लगाएका हुन । मंगलबार प्रधानमन्त्री शेरबहादुर देउवासँग
छलफल गरे लगत्तै राजपाका नेताहरुले भारतीय राजदुत मन्जीवसिंह पुरीसँग भेटवार्ता गरेका थिए ।

संविधान कार्यान्वयनको चरणमा सरकार संविधान संशोधन गरेर मुलुकलाई टुक्रयाउन लागि परेको पनि उपाध्यक्ष रावलको आरोप थियो ।

एमाले नेता रावलले देशभर जनमत एमालेको पक्षमा देखिएपछि सत्तारुढ कांग्रेस र माओवादी केन्द्रले प्रदेश नम्बर २ को स्थानीय तह निर्वाचन पछि सार्दै लगेको दावी गरे ।

कमेन्ट गर्नुहोस्