भारतमा पहिरो: तीन नेपालीको मृत्यु

दार्चुला, असार २२ । भारतमा पहिरोमा परी बिहीबार तीनजना नेपालीको मृत्यु भएको छ ।

भारत, उत्तराखण्डको पिथौरागढ जिल्लास्थित धारचुला–तहसिलको गर्बाधारमा पहिरो जाँदा जिपमा सवार तीन नेपालीको मृत्यु भएको हो । घटनामा अन्य दुईजना नेपाली घाइते भएका छन् ।

मृत्यु हुनेमा दार्चुला, दुँहु गाउँपालिकाको पिपलचौरीका हिरादेवी बम, उनका अढाइ वर्षीय छोरा ओमकार र १२ वर्षीया छोरी प्रियंका रहेको प्रहरी नायव उपरीक्षक केदार खनालले जानकारी दिए । उक्त घटनामा परी तीन भारतीय नागरिककोसमेत मृत्यु भएको छ ।

घाइते नेपालीको भारतको धारचुलास्थित अस्पतालमा उपचार भइरहेको छ ।

भारतीय बाटो हुँदै दार्चुला सदरमुकाम खलंगा फर्कंदै गरेका नेपाली पहिरोमा परेका हुन् ।

कमेन्ट गर्नुहोस्