विराटनगर, असार २२ । मोरङको रगेंली नगरपालिकाको उपप्रमुख पदमा नेकपा माओवादी केन्द्रकी उम्मेदवार केशवकुमारी खराल १२ मतले विजयी भएपनि कांग्रेसले विवाद गरेपछि वडा नं ६ को पुनःमतगणना सुरु गरिएको छ ।
सर्वदलीय बैठकपछि निर्णय गरेर पुनः मतगणनाको काम सुरु भइसकेको निर्वाचन अधिकृत पुण्यप्रसाद पाठकले जानकारी दिए ।
उपप्रमुखमा माओवादी केन्द्रकी खरालको ५७२० र नेपाली काँग्रेसकी राधादेवी मण्डलको ५७०८ मत गणना गरिएको बताइएको छ ।
काँग्रेसले मतगणनामा गडबडी भएको जनाउँदै पुनः मतगणनाको माग गरेपछि विवाद भएको थियो । उपप्रमुखको घोषणा वडा नंं ६ को मतगणना सकिएलगत्तै हुने निर्वाचन कर्यालयले जनाएको छ ।