धनगढीमा कांग्रेसका ओड साढे ११ सय मतले अगाडी, माओवादी तेस्रो स्थानमा उक्लियो

लोकेश धामी 

धनगढी,  असार २३ । कैलालीको धनगढी उप–महानगरपालिकाको पछिल्लो मतपरिणाम अनुसार नेपाली कांग्रेसका नृपबहादुर ओडले आफ्नो अग्रता कायमै राखेका छन् ।

उनले ११५८९ मत प्राप्त गरेका छन् । यस्तै निकट प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार गोपाल हमालले १०४३७ मत पाएका छन् । ओड र हमालविच १,१५२ मतको अन्तर छ । सुरु देखि नै ओड र हमालविच कडा टक्कर थियो । तर, विहिबारबाट भने ओडले मतान्तर बढाउँदै लगेका छन् । यस्तै नेकपा एमालेका दुर्गाप्रशाद जोशी चौथो स्थानमा झरेका छन् ।

सुरु देखि तेस्रो स्थानमा रहँदै आएका उनी आज विहानको मत परिणाम पछि भने माओवादी भन्दा पछाडि देखिएका छन् । उनले ८१९६ मत पाउँदा माओवादीका रामसमझ रानाले ८२६२ मत प्राप्त गरेका छन् । यस्तै उपमेयरमा पनि कांग्रेसकी सुशिला मिश्र भट्ट भारी मतले अगाडी छन् । उनले १४५६१ मत प्राप्त गर्दा नेकपा एमालेकी रुक्मणी देवकोटा ८१९६ मत ल्याउँदै पछ्याइ रहेकि छन् । भट्टले सुरु देखि नै अग्रता कायम गरेकि छन् । उनले अब उपमेयर पद जित्ने निश्चितप्रायः नै भइसकेको देखिन्छ ।

उनी निकटतम प्रतिस्प्रर्धी भन्दा झण्डै ४ हजार मतले अगाडी छन् । यस्तै माओवादीकी शान्ती अधिकारी क्षेत्रीले ८२६९ मत पाउँदै तेस्रो स्थानमा छिन् । यो ४५१०४ मत गणनाको परिणाम हो । जम्मा ५४३७२ मत खसेको थियो । अब ९२६८ मत गणना हुन बाकि छ ।

कमेन्ट गर्नुहोस्