बैतडीमा बस दुर्घटना, ५ जना घाइते

बैतडी, असार २३ । काठमाडौंबाट गन्नाका लागि छुटेको यात्रुवाहक बस  बिहान महाकाली राजमार्गअन्तर्गत बैतडीको सतबाँझ गोकुलेश्वर सडकखण्डमा दुर्घटना हुँदा पाँचजना घाइते भएका छन् ।

बैतडीको सुर्नया–३ का २४ वर्षीय गाडी चालक रामदत्त भट्ट, डोटी गैराका १८ वर्षीय गाडी स्टाफ लोकेश बोहरा, डडेल्धुरा जोगबुढा–२ का गाडी स्टाफ भरत बिष्ट, बैतडी दोगडाकेदार–७ का हरिसिंह कार्की र सोही ठाउँ बस्ने १७ बर्षीय दीपक लुहार घाइते भएका हुन् ।

घाइते पाँचैजनाको पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार हुन नसक्दा थप उपचारका लागि डडेल्धुरा पठाइएको छ ।

 

कमेन्ट गर्नुहोस्