गुल्मीमा खुल्लाबाट एक जना महिला मात्रै विजयी

प्रेम सुनार

गुल्मी, असार २३ । स्थानीय तहको दोस्रो निर्वाचनमा गुल्मी जिल्लाका २ नगरपालिका, १० गाउँपालिका र ९३ वटा वडाहरुमा खुल्ला सदस्यबाट जम्मा एक जना महिलाले मात्रै जित्न सफल भएकी छिन् ।

धुर्कोट गाउँपालिका वडा नम्वर–२ पिपलधाराको खुल्ला सदस्यमा माओवादी केन्द्रकी ३१ वर्षिया कमला घर्तीले पुरुषलाई हराएर एक जना मात्रै महिला विजयी भई इतिहास रच्न सफल भएकी हुन् ।

याे पनि पढ्नुस  गलेश्वरमा सशस्त्र प्रहरीको गुल्म स्थापना

कांग्रेस–माओवादी संयुक्त प्यानलकी उमेदवार घर्र्तीले रुख चिन्ह लिएर खुल्ला सदस्यमा उमेदवारी दिएकी थिईन् । उनका प्रतिष्पर्धी नेकपा एमालेका लालबहादुर केसीलाई भारी मत अन्तरले पछाडी पार्दै उनले जित हाँसिल गरेकी हुन् ।

घर्तीले ७२८ मतले विजय हाँसिल गरेकी थिईन भने उनका प्रतिष्पर्धी एमाले उमेदवार केसीले ५९८ मत प्राप्त गरेका थिए । प्रमुख निर्वाचन अधिकृत मातृकाप्रसाद मरासनीका अनुसार विभिन्न राजनैतिक दलले १८६ जना मध्ये जम्मा ९ जना महिलालाई खुल्ला सदस्यको उमेदवार खडा गरेका थिए ।

कमेन्ट गर्नुहोस्