जन्मदिनमा ज्ञानेन्द्रले भने ‘कस्तूरी हराएको मृग झैं हराई रह्यौ’

काठमाडौँ, असार २३ । पूर्वराजा ज्ञानेन्द्र शाहले आफ्ना ७१ औं जन्मदिन निर्मल निवासमा मनाइरहेका छन् । त्यहाँ उनलाई जन्मदिनको शुभकामना दिनेको घुईंचो लागेको छ । पूर्वराजा ज्ञानेन्द्रले आफ्नो जन्मदिनको अवसरमा सन्देश दिंदै भनेका छन्, ‘पुर्वीय दर्शनले विश्वलाई आकर्षित गरिरहेको बेलामा हामी भने कस्तूरी हराएको मृग झैं शून्यतामा हराई रहेका छौं । हामी कृयाशिल उर्जा बोकेर बिउतन अब ढिला गर्नु हुँदैन ।’

यस्तो छ जन्मदिनको दिन ज्ञानेन्द्रले सार्वजनिक गरेको धारणा :

आरोह, अवरोहको जीवन क्रममा मैले सात दशक पार गरेको छू । यो असारको २३ सौं दिनदेखि म ७१ वर्षको उमेरमा टेकेको छु ।

यो जन्मदिनको उपलक्ष्यमा मलाई शूभेच्छा प्रकट गर्ने, शूभकामना दिने र म प्रति आस्था, भरोसा भाव राख्ने नेपाली दिदीबहिनी तथा दाजूभाइ सबैलाई म हार्दिक आभार व्यक्त गर्दछु ।
पद, प्रतिष्ठा र प्रशंसाभन्दा पनि मैले राख्ने निरन्तरको चाहना देशभक्ति नै हो ।

हाम्रा पूर्खाले जोडेको र जोगाएको यो देश सदा संरक्षित होस्, सदा सम्बृद्धिको बाटोमा अघि बढोस् मेरो मुल चाहना र कामना यही नै हो ।

देश जोगियोस्, जोडियोस् र विग्रह विखण्डनतर्फ नलागी सूदृढ राष्टिङय एकतातर्फ अग्रसर रहोस् यही नै मेरो मनोकांक्षा हो । यस्तो भावना आम नेपालीमा र खास गरि राष्ट्रका जिम्मेवार जनप्रतिनिधिहरुमा रहोस् यही नै मेरो आग्रह हो ।

राष्ट्रियता, सार्वभौमिकता र राष्ट्रिय एकता कायम गर्न हामी सबै एक जूट हुनु परेको छ ।

हरेक पल्ट देश संकटमा पर्दा देशवासीले देखाउने गरेको अभूतपुर्व एकताका लागि हामी सबै सधैं नै तयार रहनु पर्दछ ।

पुर्वीय दर्शनले विश्वलाई आकर्षित गरिरहेको बेलामा हामी भने कस्तूरी हराएको मृग झैं शून्यतामा हराई रहेका छौं । हामी कृयाशिल उर्जा बोकेर बिउंतन अब ढिला गर्नू हूंदैन ।

निराशा बोकेर विदेशिएको उर्जाशिल यूवाशक्तिलाई स्वदेशमै गरि खाने बाटो बनाई दिन उपाय खोज्न पनि हामी नै जागरुक हूनू पर्दछ ।

“नेपाली हामी रहौंला कहां नेपालै नरहे” भन्ने सारभुत सूत्रको स्मरण गर्न पनि सबै नेपालीलाई हार्दिक आग्रह गर्दछु ।

श्री पशूपतिनाथले हामी सबैमा सूबूद्धि र प्रेरणा दिउन् ।

 

कमेन्ट गर्नुहोस्