भरतपुर १९ को विवाद, सर्वोच्चले के देला निकास ?

काठमाडौं, असार २३ । भरतपुर महानगरपालिकाको वडा नम्बर १९ मा पुनः मतदान गर्ने निर्वाचन आयोगको निर्णय विरुद्धको रिटमाथि सर्वोच्च अदालतमा आज सुनुवाई हुँदैछ ।

निर्वाचन कार्यालयले च्यातिएका मतपत्रसहितका कागजात सर्वोच्चमा बुझाएपछि आज सुनुवाई हुन लागेको हो ।

न्यायाधीशहरु मीरा खड्का र अनिलकुमार सिन्हाको इजलासमा सुनुवाई हुने सर्वोच्च अदालतले जनाएको छ ।

भतरपुर महानगरपालिकामा मतगणनाका क्रममा वडा नम्बर १९ को मतपत्र च्यातेपछि सो वडामा पुनः मतदान गर्ने निर्णय कार्यान्वयन नगर्न माग गर्दै सर्वोच्चमा परेको रिटमा सुनुवाई हुन लागेको हो ।

कमेन्ट गर्नुहोस्