७० वर्ष नाघेका वृद्धवृद्धालाई घरमै उपचार सेवा

सोलुखुम्बु, असार २३ ।  सोलुदूधकुण्ड नगरपालिकाको पहिलो बैठकले सोलुदूधकुण्ड नगरपालिकाभित्रका ७० वर्ष पार भएका वृद्धवृद्धालाई घरमै उपचार गराउने निर्णय गरेको छ ।

नवनिर्वाचित मेयर नाम्गेल जाङ्बु शेर्पासहितका पदाधिकारीले नगरपालिकाभित्रका ७० वर्षमाथिका वृद्धवृद्धालाई घरमै चिकित्सक पु¥याएर उपचारसेवा दिने निर्णय गरेको हो ।

वृद्धवृद्धा बिरामी भएको जानकारी आएपछि घरमै चिकित्सक लगेर उपचार गर्ने र रोग जष्टिल भएमा अस्पतालसमेत लगेर निःशुल्क उपचार दिइने जनाइएको छ ।

यो निर्णय कार्यान्वयनका लागि चाँडै कार्यविधि बनाइने नगरप्रमुख शेर्पाले बताउनुभयो । सो नगरपालिकाको तथ्यांकअनुसार ७० वर्ष पार भएका वृद्धवृद्धाको संख्या ४६९ छ । उनीहरुले यसअघि उपचार खर्चबापत मासिक एक हजार रुपैयाँ प्राप्त गर्दै आएका थिए ।

योसँगै ६० वर्षमाथिका वृद्धवृद्धालाई निःशुल्क उपचार सेवा प्रदान गर्ने विषयमा समेत छलफल भइरहेको शेर्पाले बताउनुभयो । घरमै उपचारसेवा पाइने भएपछि नगरभित्रका वृद्धवृद्धाले खुशी व्यक्त गरेका छन् ।

कमेन्ट गर्नुहोस्