सप्तरीमा प्रधानमन्त्री र गृहमन्त्रीकाे घोषणा : २५ हजार राहत, १५ लाख ऋण दिने

सप्तरी, असार २३ । प्रधानमन्त्री शेरबहादुर देउवा र गृहमन्त्री जनार्दन शर्मा बाढी पीडितको अबस्था बुझ्न सप्तरी पुगेका थिए ।

त्यहाँ एक हप्ताअघि स्थानीय महुली खोलाको बाढीबाट अति प्रभावित सप्तरीको भेडिया र मयनाकरेडीका बाढीपीडितको अवस्था बुझ्न प्रधानमन्त्री तथा उनका टिम पुगेको छ ।

त्यहाँ बाढीपीडितको अवस्था बुझ्नुका साथै सेना, सशस्त्र र नेपाल प्रहरीले पुनः निर्माण गरिरहेको भत्केको तटबन्धस्थलको समेत निरिक्षण गर्न गएका थिए ।

निरीक्षणपछि प्रधानमन्त्री र गृहमन्त्रीले बाढी पीडितलाई प्रतिपरिवार २ बण्डल जस्तापाता खरिद गर्न १५ हजार र टहरा निर्माणको लागि १० गरि जम्मा २५ रुपैयाँ दिइने घोषणा गरेका छन् ।

बाढीपीडितलाई व्यापार व्यवसाय गर्न सहुलियत व्याजदरमा १५ लाख रुपैयाँसम्म ऋण उपलब्ध गराउने पनि बताएका छन् ।

कमेन्ट गर्नुहोस्