नागरिकले सही सूचना पाउँछन् : बास्कोटा

काठमाडौं, २३ असार । राष्ट्रिय सूचना आयोगका प्रमुख आयुक्त कृष्णहरि बास्कोटाले नागरिकले सूचना माग्दा नपाउने परिपाटीको अन्त्य भैसकेको बताएका छन् ।

‘सूचनाको हक कार्यान्वयनका लागि पत्रकारको भूमिका विषयक’ अन्तरक्रिया कार्यक्रममा उनले गोपनीयताको नाममा सूचनाको हक कार्यान्वयनलाई कुण्ठित गर्न खोज्ने गलत प्रवृतिलाई पत्रकारले तोड्न सक्नुपर्नेमा जोड दिए ।

नेपाल पत्रकार महासंघ नेपाल एफ.एम प्रष्ठिान शाखाले आयोजना गरेको अन्तरक्रियामा प्रमुख आयुक्त बास्कोटाले पत्रकारले मौलिक हक अन्र्तगतको सूचनाको हक कार्यान्वयन नगर्न÷नगराउन खोज्नेलाई बाहिर ल्याउँदा राष्ट्रिय सूचना आयोग सदैब सहयोग र सहकार्य गर्न तयार रहने प्रतिवद्धता ब्यक्त गरे । तर आम–नागरिक नै सूचनाको हक सम्वन्धि व्यवस्थाबारे अनविज्ञ हुनु भनेको दुःखद भएको भन्दै उनले पत्रकारहरुले कम्तीमा संविधानले ग्यारेन्टी गरेका बृद्धबृद्धा, महिला, कृषक, ब्यावसायीका अधिकारबारे समेत सुसुचित गराउनुपर्ने आवश्यक्ता औल्याएका छन् ।

नेपालको संविधानले पत्रकारका लागि छुट्टै कुनै सुविधा दिएर सूचना पाउन सक्ने ब्यवस्था नगरेको भए पनि सूचना दिनेले एक जना पत्रकारलाई सुचना दिँदा लाखौँ नागरिकसम्म पुग्ने यथार्थ बुझ्नुपर्ने र त्यो अभ्यास सुरु भैसकेको बताए । तर अडियोमार्फत सूचना पाउन सक्ने ब्यवस्था नगरेकाले रेडियो पत्रकारहरुका लागि केहि अप्ठ्याराहरु रहेको बास्कोटाको स्विकार गरेका छन् । उनले भने ‘अडियोमार्फत सूचना पाउने ब्यवस्था छैन् । त्यसैले रेडियोबाट हेर्दा सूचनाको हक अपुरो रहेको बताए ।

कमेन्ट गर्नुहोस्