एमालेको विजय र्‍यालीको जीप दुर्घटना, २३ घाइते

झापा, असार २३। झापाको भद्रपुर नगरपालिका एमालेको विजयी र्‍यालीमा प्रयोग गरिएको जीप दुर्घटनामा हुँदा २३ जना घाइते भएका छन् ।

विजय र्याली लिएर भद्रपुरबाट पृथ्वीनगर जाँदै गरेको मे १ ज १२२४ नम्बरको जीप सगरमाथा–वालुवाडी सडकखण्डमा दुर्घटनाग्रस्त भएको जिल्ला प्रहरी कार्यालय झापाका डिएसपी हरिप्रसाद शर्माले जानकारी दिएका छन् ।

घाइतेहरुको भद्रपुरस्थित ओमसाई पाथीभरा हस्पिटलमा उपचार भइरहेको छ । ।

कमेन्ट गर्नुहोस्