दल दर्ताका लागि राजपाको आयोगमा निवेदन

काठमाडौं, असार २३ । दुई चरणको स्थानीय निर्वाचन बष्हिकार गरेको राष्ट्रिय जनता पार्टी (राजपा)नेपालले दल दर्ताका लागि आज निर्वाचन आयोगमा निवेदन दिएको छ ।

राजधानीको कान्तिपथस्थित आयोगमा पुगेर राजपाका नेताहरुले दर्ताका लागि आयोगमा निवेदन दिएका हुन् । पार्टी एकता गरेका ६ दलका अध्यक्षले राजपा नेपाललाई आयोगमा अभिलेखिकरण गराउन निवेदन दिने लगायतका सम्पूर्ण काम गर्ने अधिकार महन्थ ठाकुरलाई दिएका छन् ।

याे पनि पढ्नुस  सांसद नपाएपछि राजपाको पार्टी कार्यालय तोडफोड

राजपाले केही दिन अघि नै दल दर्ताको तयारी गरेको थियो । तर, पार्टी विधानको प्रस्तावनामा नै गजेन्द्र नारायण सिंहको नाम राख्नु पर्ने अडान लिएर नेता अनिल झाले हस्ताक्षर नगरेपछि रोकिएको थियो ।

कमेन्ट गर्नुहोस्