बालुवाटारमा तीनदलको बैठक सुरु

काठमाडौं, असार २३ । प्रधानमन्त्री शेरबहादुर देउवाको आव्हानमा तीन दलको बैठक बालुवाटारमा सुरु भएको छ।

सत्ता साझेदार दुई दल नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र आन्दोलनरत दल राष्ट्रिय जनता पार्टीका शीर्ष नेताहरुको बैठक बालुवाटारमा शुरु भएको हो ।

बैठकमा प्रधानमन्त्री देउवा, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, राजपा संयोजक महन्त ठाकुर लगायत तीन दलका शीर्ष नेता सहभागी छन ।

संविधान संशोधनको माग गर्दै निर्वाचन बहिष्कार गरेको राजपालाई सहमतिमा ल्याउन प्रधानमन्त्री शेरबहादुर देउवाले वार्ताका लागि बालुवाटार बोलाएका हुन ।

पहिलो र दोस्रो चरणको स्थानीय तहको निर्वाचन बहिष्कार गरेको राजपाले आफ्ना मागको सम्बोधन नभए सरकारलाई दिएको समर्थन फिर्ता लिने चेतावनी दिँदै आएको छ।

पछिल्ला केही दिन यता प्रधानमन्त्री देउवाले राजपाका शीर्ष नेतासंग एक्लै वार्ता गरेपनि आज तीन दलका शीर्ष नेताहरुबीच छलफल शुरु भएको हो ।

कमेन्ट गर्नुहोस्