जापानको फुकुओकामा आइएमई क्योदाईको सेवा विस्तार

जापान, असार२३ । जापानवाट नेपाल लगायत विश्वका बिभिन्न देशहरुमा रेमिटेन्स कारोवार गर्दै आएको आइएमई क्योदाई रेमिटेन्सले जापानस्थित फुकुओकाको हाकातामा नयाँ शाखा विस्तार गरेको छ । आफ्नो सञ्जाल विस्तारका क्रममा जापानको फुकुओका शहरको हाकातामा शुक्रबारदेखि नयाँ शाखा बिस्तार गरिएको हो ।

आइएमईका प्रमूख कार्यकारी अधिकृत सुमन पोखरेल, क्योदाई रेमिटेन्सका प्रमुख याचिरो किमोतो र एनआरएन जापानका उपाध्यक्ष टक गैरेले संयुक्त रुपमा नयाँ शाखाको शुभारम्भ गरेका थिए ।

शाखा उद्घाटनका कार्यक्रममा बोल्दै आइएमईका प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेलले विदेशबाट पैसा पठाउने भन्ने बित्तिकै आइएमईको नाम आउने हुँदा यसको छुट्टै पहिचान रहेको बताउदै पैसा पठाउने बिश्वासिलो र भरपर्दो ब्राण्डको रुपमा आइएमईलाई लिएकोमा सबैलाई धन्यवाद व्यक्त गरे ।

टोकियोपछि नेपाली विद्यार्थीहरुको बाहुल्यता फुकुओकामा रहेको हुनाले नेपाली विद्यार्थी सहित सबैको लागि सहज होस् भन्ने उदेश्यले फुकुओकामा शाखा विस्तार गरिएको हाकाता शाखा प्रमुख रामकृष्ण श्रेष्ठले बताए ।

नयाँ शाखा विस्तारसँगै क्योदाई रेमिटेन्स ले फुकुओकामा रहेका सम्पूर्ण नेपाली संघसंस्थाहरुको लागि विशेष अवसरमा हुने छलफलमा निशुल्क बैठक हल उपलब्ध गराउने समेत बताइएको छ ।

कमेन्ट गर्नुहोस्