आयोगले थाल्यो प्रदेश र प्रतिनिधिसभा निर्वाचनको तयारी

काठमाडौं, असार २३ । निर्वाचन आयोगले अगामी असोज ३० गते प्रदेशसभाको र मंसिरको पहिलो साता प्रतिनिधिसभाको निर्वाचन गर्ने गरी तयारी सुरू गरेको जनाएको छ ।

शुक्रबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले कानुन निमार्णकै क्रममा निर्वाचनको मिति तोक्ने र सार्ने अधिकार निर्वाचन आयोगलाई दिन आग्रह गरेको भएपनि सरकारले सुनुवाइ नगरेको बताए ।

प्रमुख आयुक्त यादवले पहिलो र दोस्रो चरणको स्थानीय तह निर्वाचनमा मतदाता परिचयपत्रमा भएका त्रुटिहरुलाई तेस्रो चरणको स्थानीय तहको निर्वाचनमा दोहोरिन नदिन मतदाता नामवली अद्यावधिक गरिने बताए ।

आगामी चुनावलाई अझबढी प्रविधिमैत्री बनाउन थप अध्ययनका लागि प्राविधिक टोली भारत पठाइसकिएको पनि उनले जानकारी दिए । पत्रकार सम्मेलनमा निर्वाचनलाई अझ बढी व्यवस्थित र प्रविधिमैत्री बनाउन यस क्षेका विज्ञहरुले सुझाव दिएका थिए ।

कमेन्ट गर्नुहोस्