बालुवाटारको बैठक निष्कर्ष विहिन

काठमाडौं, असार २३ । सत्तारुढ दुई दल कांग्रेस, माओवादी केन्द्र र राष्ट्रिय जनता पार्टीका शीर्ष नेताहरुबीच बालुवाटारमा जारी बैठक केही बेरअघि विना निष्कर्ष सकिएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले आव्हान गरेकोे बैठकमा संविधान संशोधन र असोज २ गते लागि घोषणा गरिएको तेस्रो चरणको निर्वाचनका विषयमा कुराकानी भएको थियो । बैठकमा नेताहरुबीच संविधान संशोधनको प्रक्रिया अगाडि बढाएर तेस्रो चरणको स्थानीय तह निर्वाचनमा राजपाका नेताहरुलाई सहभागी गराउन नेताहरु सकारात्मक देखिएका छन् ।

बैठकमा प्रमूख प्रतिपक्षी लगायतका दलहरुसँग पनि छलफल गरेर संविधान संशोधन प्रक्रिया अगाडि बढाउने र राजपा तेस्रो चरणको निर्वाचनमा जाने विषयमा निकै सकारात्मक कुराकानी भएको माओवादी केन्द्रका नेता मातृका यादवले जानकारी दिए । आजको बैठकमा राजपाका नेताहरु निकै सकारात्मक रुपमा प्रस्तुत भएको यादवले  बताए ।

बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, राजपाका संयोजक महन्त ठाकुर लगायत तीन पार्टीका शीर्ष नेताहरु सहभागी थिए ।

कमेन्ट गर्नुहोस्