कांग्रेस, माअाेवादी केन्द्र र राप्रपाकाे बैठक बालुवाटारमा सुरु

काठमाडौं, असार २४  । संसदमा बिचाराधिन संविधान संसोधन पारित गराउने बिषयमा प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवा, नेकपा माओवादी केन्द्रक अध्यक्ष पुष्पकमल दाहाल र राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाबीच छलफल सुरु भएको छ ।

हिजाे मात्र पनि सत्तारुढ दुई दल कांग्रेस, माओवादी केन्द्र र राष्ट्रिय जनता पार्टीका शीर्ष नेताहरुबीच संविधान संशोधनको प्रक्रिया अगाडि बढाउने सहमति भएकाे थियाे । राजपाका नेताहरुले असारभित्रै स्रशोधन गर्न आग्रह गरेकाेमा सत्तारुढ दुई दलले सहमती जनाएका हुन् । बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्री तथा माअाेवादी केन्द्रका अध्यक्ष प्रचण्ड, राप्रपा अध्यक्ष कमल थापा र राप्रपा नेता पशुपति शमसेर राणा सहभागी छन् ।

 

कमेन्ट गर्नुहोस्