करेन्ट लागेर मृत्यु

राजविराज, असार २४ । सप्तरीको तिलाठी कैलाडी गाउँपालिका–७ मा गए राति करेन्ट लागेर एक युवकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा स्थानीयवासी २२ वर्षीय जीतेन यादव रहेको प्रहरीले जनाएको छ ।

आफ्नै गोठमा भैँसी बाँध्ने क्रममा उनलाई करेन्ट लागेको थियो । करेन्ट लागेर गम्भीर घाइते भएका यादवको उपचारका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अस्पताल ल्याउने क्रममा बाटैमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्