नगरपालिका मेयरले गरे गोहीसँग बिहे

काठमाडौं, नगर प्रमुखले पुरै धार्मिक विधि विधानका साथ एउटा गोहीसँग बिहे गरेका छन् ।

अहिले हामीकहाँ मेयर शब्द निकै चर्चामा छ । तर, नझुक्किनुस्, नेपालका कुनै पनि मेयरले यो बिहे गरेका होइनन्, बधाई र विजय जुलुसमा व्यस्त छन् हाम्रा मेयरहरु त ।
तर यो समाचार साँचो हो । सामाजिक सञ्जालमा यो बिहेको तस्वीर त भाइरल नै बनेको छ ।

मेयर हुन मेक्सिको देशका । उनले बिहे गरे गोहीसँग । बिहा मण्डपमा गोहीलाई दुलहीको पोशाकले सजाइएको थियो । क्रिश्चियन समाजमा सेतो गाउन । यति मात्रै हो र ? गोहीको टाउकोमा फूलको ताज समेत थियो ।

गोहीसँग मेयरको नाम हो भिक्टर एगुइलर । मानिसहरु पनि कति सहभागी भएका आम्मै यो विवाहमा ।

मेयर आफै दुलहा जस्तै सजिएका थिए । अनि उनी जन्तीसँगै ब्याण्डबाजा बजाएर निस्किए ।

यो अनौठो विवाहमा सहभागीहरुले बेग्लै उत्साहको आनन्द लिए ।

किन गरे त उनले गोहीसँग बिहा ? केटी नै नपाएर त पक्कै होइन होला ?

तर मेयरले यो कुरा निकै ठूलो सामाजिक कामका लागि गरेका थिए ।

मेक्सिको संसारमा माछा उत्पादक देशका रुपमा समेत चिनिन्छ । यहाँ माछाको निकै बढी कारोबार हुने गर्दछ । करिब दुईसय पुरानो मान्यता अनुसार, यदि कसैले गोहीसँग बिहा गरेको खण्डमा समुन्द्रमा माछा र अन्य समुन्द्री खाद्यपदार्थको संख्यामा बृद्धि हुन्छ रे । त्यसैले यही मान्यताका आधारमा यहाँका मेयरले यो परम्परा निर्वाह गर्दै आएका छन् ।

कमेन्ट गर्नुहोस्