एउटै चलचित्रका लागि १२ करोड मागिन दीपिकाले

मुम्बई, डिम्पल गर्ल भनेर चिनिने दिपिका पादुकोणेले आफ्नो पारिश्रमिक निकै बढाएकी छिन् ।

दिपिकाको फिस सुन्दा अचम्म नै लाग्छ । तर अहिले उनी फोब्र्स पत्रिकाको सूचिमा संसारकै सबैभन्दा बढी पारिश्रमिक लिने अभिनेत्रीका रुपमा चिनिएकी छिन् ।

दिपिका पादुकोणेका स्वीकिय सचिवका अनुसार, उनले निर्माणाधीन चलचित्र “पदमावती” का लागि १२ करोडमा सम्झौता गरेकी छिन ।
एउटा अंग्रेजी वेभसाईटका अनुसार, दीपिकाले अबदेखि अन्य चलचित्रका लागि पनि न्यूनतम १२ करोड नै लिने बताएकी छिन् ।

यतिखेर दिपिकाको माग समेत बढिरहेको छ । कतिपय फिल्ममा उनलाई लिन चाहेपनि महंगो फिसका कारण निर्माता निर्देशकहरु पछाडि हटनु परेको छ । तर दिपीकाले भने आफ्नो फिस झनै बढाइरहेकी छिन् ।

कमेन्ट गर्नुहोस्