कतारमा गोरखा मुस्लिम एकता सेवा समाज गठन !

दोहा । गोरखा मुस्लिम एकता सेवा समाज कतार अभियानको मिति ७ जुलाई २०१७ मा बसेको बिशेष बैठकले कतारमा छरियर रहेका गोर्खाली मुस्लिम समुदायबीच रहँदै आएको एकतालाई अझ प्रगाढ बनाउँदै समुदायको विकास र निकासको निम्ती एकबद्ध तरिकाले अगाडी बढ्ने निर्णय गरी विगत केही समयदेखि निस्कृयजस्तै रहँदै आएको यो संस्थालाई अब नयाँ जोश जाँगर र बिल्कुलै नयाँढंगले अगाडी बढाउने प्रतिबद्धताका साथ केही रिक्त पदहरु पनि पुरा गरी एक पूर्ण कमिटी गठन गरेको कुरा गोर्खा मुस्लिम एकता समाजका अभियन्ता तथा वर्तमान महासचिव इब्राहिम मियाँ ले बताए ।

मियाँका अनुसार उपस्थित अभियन्ताहरुबाट निम्न उल्लेखित पदमा सर्वसम्मत चयन गरेको छ । अध्यक्ष मुमजन मियाँ, प्रथम उपाध्यक्ष कलिम मियाँ, द्वितिय उपाध्यक्ष जुम्म दिन मियाँ (करीम), त्रितीय उपाध्यक्ष अक्बर खाँ मियाँ , महासचिव इब्राहिम मियाँ, सचिव मैबु मियाँ, सहसचिव अहमद रेजा मियाँ, कोषाध्यक्ष मैबुब हुसेन मियाँ, सहकोषाध्यक्ष नसिम मियाँ (जलाल मियाँ), सदस्यहरु हबिब मियाँ, अम्म दिन मियाँ, इब्राहिम मियाँ, सकिल मियाँ, सलिम मियाँ, मो अलि मियाँ, अमिर मोहम्मद मियाँ, आरिफ मियाँ, समिम मियाँ, समिर मियाँ, तेस्तै सल्लाहकार समितिमा सल्लाहकार संयोजक कमल दिन मियाँ, सल्लाहकार सचिव मैनु दिन मियाँ साथै सल्लाहकार सदस्य मो । करम दिन मियाँ रहेको छ ।

गोर्खा जिल्लाबाट कतारमा काम वा कुनै  व्यवसाय गरेर बस्ने सम्पुर्ण इस्लाम धर्मावलम्बीहरुलाई एकता गरेर कतार तथा जिल्लामा भएका समस्याप्रति सहयोग र सद्भाव बढाउने उदेस्य ले यो सस्था गठन भएको उल्लेख गर्दै सम्पुर्ण कतारमा रहेका मुस्लिम समुदायलाई यस संगठनमा एकता बढ्द हुन सस्थाले आवहान गरेको छ ।

कमेन्ट गर्नुहोस्