बाढीका कारण एक करोडभन्दा बढीको नोक्सान

सप्तरी, असार २४ । सप्तरीमा हालै आएको बाढीले नेपालको सबैभन्दा पुरानो चन्द्रनहरको बाँध भत्किएका कारण रु एक करोड १५ लाख मूल्य बराबरको नोक्सान भएको छ ।

सप्तरीको मोहुली खोला र सुनदरी खोलामा आएको बाढीले चन्द्रनहरमा ८५ मिटर नहरको बाँधलार्इ भत्कार्इ नहरलाई क्षति पुर्याएको बताइएको छ ।

सुनदरी खोला र महुली खोलाको बीचमा बडहरा गाउँमा रहेको चन्द्रनहरको मुख्य नहर, साइफन तथा मेन होलमा बालुवा पसेर क्षति पुगेको र तोडफोडसमेत गरेको कोसीपम्प चन्द्रनहर सिँचाइ व्यवस्थापन डिभिजन कार्यालयका प्रमुख प्रसुन मिश्रले बताउनुभयो ।

डिभिजन प्रमुख मिश्रले उक्त क्षतिको स्टिमेट र क्षतिको बारे विवरण तयार भइसकेको समेत बताउनुभयो । लामो समयदेखि लथालिङ्ग रहेको चन्द्रनहरलाई सो कार्यालयले विगत दुई बर्ष देखि पुनः निर्माण एवम सुधार गरेको थियो ।

जस्को कारण सप्तरीको सिँचाईमा सुबिधा पुगेको स्थानीय बासिन्दाको भनाई छ ।

कमेन्ट गर्नुहोस्