किन बोलायो माओवादी केन्द्रले जिल्ला इञ्चार्जहरुको बैठक

काठमाडौं, असार २४ । स्थानीय तह पहिलो र दोस्रो चरणको निर्वाचनमा अपेक्षाकृत परिणाम नआएपछि माओवादी केन्द्रले पछिल्लो राजनीतिक समीक्षा र भावी योजना तर्जुमाका लागि सचिवालय सदस्य र जिल्ला इन्चार्जहरुको वैठक साउन २ गतेका लागि वैठक बोलाएको छ ।

दुई चरणको स्थानीय तहको चुनावी परिणामलाई लिएर माओवादी केन्दका नेता तथा कार्यकर्ताहरु असन्तुष्ट छन् । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले भने चुनावी नजिता जसको पक्षमा गएपनि एजेन्डामा माओवादीको जित भएको बताउने गरेका छन् ।

माओवादी केन्द्रले पहिलो चरणमा ४६ र दोस्रो चरणमा ३८ स्थानीय तहमा मात्र विजयी भएको छ ।

कमेन्ट गर्नुहोस्