प्रदेश नं. २ को चुनाबपछि संविधान संशोधन ओली

विराटनगर, असार २४ । नेकपा एमालेका अध्यक्ष एवम पर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सत्तापक्षले ल्याएको संविधान संशोधन प्रस्ताव मुलुकको हित विपरित भएकाले आफूहरुलाई त्यो मान्य नहुने बताएका छन् ।

अहिलेको संसदमा विचाराधिन संशोधन प्रस्ताव फिर्ता लिएर नयाँ प्रस्ताव सरकारले ल्याएमा छलफल गरी सहमति जुटाउन एमाले तयार रहेको ओलीले जानकारी दिए ।

शनिबनर झापाको दमकमा आयोजित कार्यक्रममा सहभागी हुन जाने क्रममा विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गदै अध्यक्ष ओलीले स्थानीय तहको चुनाव नसकिएसम्म संविधान संशोधनको प्रस्ताव अगाडि बढ्न नदिने दावी गरे ।

अध्यक्ष ओलीले २ नम्बर प्रदेशमा निर्वाचन सम्पन्न भएपछि मात्र संविधान संशोधनको नयाँ प्रस्ताव ल्याएमा मात्रै त्यो सबैकोण बाट उपयुक्त हुने पनि उनले बताए ।

कमेन्ट गर्नुहोस्