स्वदेशी लगानीमै बनाउन सकिन्छ ठूला विद्युत आयोजना : घिसिङ

काठमाडौं, असार २४ । नेपालमा प्रशस्त जलविद्युत् उत्पादन गर्न सकिने र ती आयोजना नेपाली लगानीमा सम्पन्न गर्न सकिने सम्भावना रहेको नेपाल विद्युत प्राधिकरणका प्रमुख कुलमान घिसिङले बताएका छन  ।

शनिबार रामेछाप काठमाडौं पत्रकार समाजले राजधानीमा गरेको अन्तर्क्रियामा प्रमुख घिसिङले  ‘नेपालको पानी जनताको लगानी’ भन्ने नारालाई साकार बनाउदै योजनावद्ध रुपमा नेपालीकै लगानीमा जलविद्युत् आयोजनाहरू निर्माण गर्न सकिने बताए।

उनले नेपालीको साथै विदेशी लगानी भित्र्याउनका लागि पनि पहल गर्नुपर्नेमा जोड दिए। विद्युत् उर्जामा आत्मनिर्भर हुँदै निर्यात गर्नका लागि विद्युत् र पानी संचय गर्ने प्रविधि सहितको योजना एक साथ अघि बढाउनुपर्नेमा प्राधिकरणका प्रमुख घिसिङले जोड दिए।

प्रमुख घिसिङका अनुसार लोडसेडिङको अन्त्य भए पनि गुणस्तरीय आपूर्ति, विद्युत् बचत, भोल्टेज अपडाउन, लगायत विषयमा अझै सुधार नआइसकेको बताए।

एउटै कोठामा बसेर ग्राहकको बत्तिको स्वीच नियन्त्रण गर्ने किसिमको स्मार्ट प्रविधिमा जान सकेमा विद्युत् उर्जाको बचतको साथै आवश्यकता अनुसारको उपयोग गर्नबाट वन्चित हुनुनपर्ने उनले बताए ।

कमेन्ट गर्नुहोस्